कोरोना संक्रमणपछि भारतका पूर्व क्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


भारत । भारतका पूर्व क्रिकेटर सचिन तेन्दुल्कर कोरोना संक्रमण भएपछि अस्पतालमा भर्ना भएका छन् ।

शुक्रबार तेन्दुलकरले सामाजिक सञ्जाल ट्विटरमार्फत आफू अस्पताल भर्ना भएको जानकारी दिएका हुन् ।

आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै उनले आफू चिकित्सकको सल्लाह बमोजिम अस्पताल भर्ना भएको र केही दिनमै निको भएर घर फर्कने आशा व्यक्त गरेका छन् ।

उनले लेखेका छन्, ‘कडा सावधानीको रुपमा र चिकित्सकको सल्लाहपछि म अस्पताल भर्ना भएको छु । म केही दिनमा नै घर फिर्ता हुने आशा गर्छु । तपाईंहरु सबै आफ्नो ख्याल राख्नुहोस् र सुरक्षित रहनुहोस् ।’

तेन्दुलकरलाई गत शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनी घरमै आइसोलेसनमा बसेका थिए ।


प्रतिक्रिया दिनुहोस्