तिब्र गतिमा कुदेको कार जडिबुटीमा दुर्घटना, एक जनाको मृत्यु

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  १२ : २०


काठमाडौं । काठमाडौंको जडीबुटीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार विहान सवा ७ बजेतिर बा १० च २८६४ नम्बरको कार अनियन्त्रित भई सडक पेटीमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि कारमा सवार २१ वर्षीय जितम गुभाजुको मृत्यु भएको छ भने कार चालक २१ वर्षकै वीरेन्द्र श्रेष्ठ सामान्य घाइते भएका छन् ।

पेप्सीकोलाबाट जडीबुटी चोकतर्फ तीव्र गतिमा आइरहेको कार अनियन्त्रित भई सडक पेटीमा ठोक्किदा दुर्घटनामा भएको हो ।

पोस्टमार्टमका लागि शव त्रिवि शिक्षण अस्पताल लगिएको छ भने दुर्घटनामा परेको कार काँडाघारीस्थित महानगरीय प्रहरी प्रभागको नियन्त्रणमा छ।

 


प्रतिक्रिया दिनुहोस्