संखुवासभामा बस दुर्घटना : ३२ घाइते, १३ को अवस्था गम्भीर

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  १२ : १२


सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को१ख २८२४ नम्बरको शुभम डिलक्स गाडी धर्मदेवी नगरपालिका–४ को दोभान रिसोर्ट नजिक दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन् ।

जसमध्ये १३ जना गम्भीर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए ।

दुर्घटनामा घाइते भएको १९ जनाको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा र गम्भीर घाइते १३ जनाको सुनसरी धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिए ।

घाइतेहरुको उद्धर सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरिरहेको छ । बस चालक र सहचाकल फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बीस मिटरमाथिबाट गाडी पल्टिँदा दुर्घटना भएको हो ।


प्रतिक्रिया दिनुहोस्