माल्दिभ्सको राजधानी मालेमा लगाइएको कर्फ्यू हटाइयो

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  १० : ३९


काठमाडौं । कोरोना भाइरस संक्रमण फैलिएपछि माल्दिभ्सको राजधानी मालेमा लगाइएको कर्फ्यू हटाइएको छ। माल्दिभ्समा गत मार्च ४ देखि लगातार कर्फ्यू लगाइएको थियो ।

माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकायले राजधानी सहरमा लगाइएको कर्फ्यू अन्त्य गरिएको जानकारी दिएको हो । सरकारले स्वास्थ्य सतर्कता निर्देशिका जारी गर्दै कर्फ्यू अन्त्य भएको घोषणा गरेको छ ।

सार्वजनिक स्वास्थ्य महानिर्देशक मैमुना अबु बाकरले बिहीबार प्रकाशित गरेको सूचनामा राति ११ बजेदेखि बिहान ४ः३० बजेसम्मका लागि लागू गरिएको कर्फ्यू हटाइएको उल्लेख छ।

कर्फ्यू लगाएसँगै बन्द भएका प्राथमिक विद्यालय, डे केयर, जिम, विश्वविद्यालय, चलचित्र घरलगायत पनि कर्फ्यू हटाइएसँगै पूनः सुचारु हुने भएका छन्।


प्रतिक्रिया दिनुहोस्