अभिनेत्री आलिया भट्टलाई कोरोना संक्रमण

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  १० : २३


काठमाडौं । भारतमा बढ्दो कोरोना संक्रमणसँगै बलिउड कलाकारलाई कोरोना संक्रमण भएको खबर दैनिक सार्वजनिक भइरहेको छ ।

यसबीच अभिनेत्री आलिया भट्टलाई पनि कोरोना संक्रमण भएको खबर सार्वजनिक भएको छ । आलियाले इन्स्टाग्राममार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् ।

बिहीबार राति आफूलाई कोरोना संक्रमण पुष्टि भएसँगै होम आइसोलेसनमा बसेको उनले उल्लेख गरेकी छिन् । आफूले चिकित्सकको सल्लाह बमोजिम स्वास्थ्य सावधानी अपनाइरहेको उनले बताएकी छिन्।


प्रतिक्रिया दिनुहोस्