ब्राजिलमा एकैदिन ३८ सयभन्दा बढीको मृत्यु

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ८ : ३४


कोरोनाभाइरसका कारण ब्राजिलमा एकैदिन तीन हजार ८०० भन्दा बढीको मृत्यु भएको छ।

सरकारी अधिकारीहरूले बुधबार अबेर दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा तीन हजार ८६९ जनाको मृत्यु भएको हो।

योसँगै ब्राजिलमा कोरोनाका कारण मृत्यु भएकाहरूको कूल सङ्ख्या तीन लाख २१ हजार ५१५ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ।

धेरै सङ्क्रमित रहेको देशहरूको सूचीमा दोस्रो क्रममा रहेको ब्राजिलमा अहिलेसम्म एक करोड २७ लाख ४८ हजार ७४७ जना सङ्क्रमित भएका छन्।

तीमध्ये ९० हजार ६३८ जना पछिल्लो २४ घण्टामा थपिएका हुन्।


प्रतिक्रिया दिनुहोस्