रसुवाका उच्च भागमा हिमपात, चिसो बढ्यो

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


हिमाली क्षेत्रमा हिमपात भएपछि उत्तरी रसुवामा चिसोपन बढेको छ। दुई दिनदेखिको वर्षासँगै समुन्द्र सतहदेखि नौ हजार फिटको उचाइ डिम्सा चन्दनबारीलगायतका क्षेत्रमा हिमपात भएको छ।

आज अपराह्नबाट हिउँ पर्न थालेको हो। हाकुडाँडा, नाकथली, धुञ्चेडाँडा, गतलाङ तथा गोल्जुङको उच्चभागसमेतका स्थानमा समेत हिमपात भएको छ।

बेंसीतर्फ सिमसिमे पानी र उच्चभागमा हिमपात हुन थालेपछि हिउँदे प्रमुखबाली गहुँ उत्पादनमा सन्तुलन आउने आशा जागेको स्थानीय किसानले बताएका छन्।

यस्तै दुई दिनदेखिको वर्षाले वन जङ्गल क्षेत्रमा चिसोपना बढेकाले डढेलो नियन्त्रणमा समेत राहत मिलेको वन प्राविधिकले बताएका छन्।

फागुनमा रोपण गरिएको लेकाली आलु तथा मकैका लागि चाहिने चिसोपनमा समेत बुधबार र बिहीबारको वर्षाले राहत मिलेको स्थानीयवासी निर्मल शेर्पाले बताए। रासस


प्रतिक्रिया दिनुहोस्