काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक २० किलो सम्म सुन आयात गर्न सक्ने व्यवस्था गरेको छ।
यस अघि सरकारले प्रति दिन १० किलो मात्र सुन आयात गर्न मिल्ने व्यवस्था गरेको थियो।
बिहिबार राष्ट्र बैंकले सुन आयात गर्न अनुमति प्राप्त वाणिज्य बैंकहरुलाई पत्राचार गर्दै दैनिक आयात गर्ने सुनको कोटा बढाएर २० किलो पुर्याइएको बताएको छ।
राष्ट्र बैंकले सुन आयात तथा बिक्री वितरण सम्बन्धि कार्यविधि २०६८ लाई शंसोधन गरेको हो। यद्यपी व्यवसायीहरुले दैनिक ३० किलोको सिमा राख्नुपर्ने माग गर्दै आएका छन्।