सूर्य थापाले मर्यादा नाघ्दै सेयर गरे माओवादी केन्द्रका अध्यक्ष दाहाल रुँदै गरेको तस्विर

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ४ : २०


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि एकता भाँडेको आरोप लगाएका छन्।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी ब्युँताउने फैसला विरुद्ध परेको निवेदनमा पुनरावलोकन गर्न नमिल्ने बताएपछि ओलीका सल्लाहकार थापाले सामाजिक सञ्जालमा अध्यक्ष दाहाल रोएको पुरानो फोटो सेयर गर्दै यस्तो लेखेका छन्।

अध्यक्ष दाहालको सो तस्विर छोरा प्रकाश दाहाल दिवंगत भएको क्षणको हो। सूर्य थापाले सो तस्विर सेयर गरेको प्रति धेरैले आपत्ति जनाएका छन्।

छोरा गुमाउँदाको पीडामा रोइरहेका अध्यक्ष दाहालको तस्विर सेयर गरेर राजनीतिक सन्दर्भसँग जोड्ने थापाको कार्य मर्यादाविपरित भएको धेरैले टिप्पणी गरेका छ।

थापाको ट्विटर अकाउन्ट सस्पेन्ड गर्न ट्विटरमा प्रयोगकर्ताहरुले अभियाननै चलाएका छन्।

न्यूनतम मानवीयता र सामाजिक मर्यादासमेत गुमाएर ट्‌वीटको दुरुपयोग गरेकोले ह्‌यान्डल सस्पेन्ड गर्न माग गरिएको छ।


प्रतिक्रिया दिनुहोस्