बुद्धको देशमा विद्वानहरुमाथि कारवाही, भद्दा मजाक गरियो : योगेश भट्टराई

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  ३ : ०१


काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भद्दा मजाक गरेको टिप्पणी गरेका छन्।

पार्टीका बौद्धिक नेताद्धय घनश्याम भुसाल र सुरेन्द्रपाण्डेलाई माधव नेपाल पक्षमा लागेको भन्दै अध्यक्ष ओलीले पार्टीबाट निलम्बन गरेपछि नेता भट्टराईको यस्तो प्रतिक्रिया आएको हो।

एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई अध्यक्ष ओलीले यसअघि नै कारवाही गरिसकेका छन्।

ढिलो गरी स्पष्टीकरण बुझाएका भुसाल र पाण्डेलाई पनि अध्यक्ष ओलीले निलम्बन गरेका हुन।

‘ॠषिमुनी र वुद्धको ज्ञानभूमि अनि मार्क्सवादको उर्वरभूमि नेपालमा आजकाल विद्वान, ईमान्दार र नैतिकवानहरुमाथि कार्वाही हुन्छ। मुर्ख, भ्रस्ट र अनैतिकहरु पुरस्कृत हुन्छन,’ नेता भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कमरेड धनश्याम र सुरेन्द्रजी माथि त्यस्तै भद्दा मजाक गरिएको छ।’


प्रतिक्रिया दिनुहोस्