निलम्बनमा परेपछि भुसालले भने– ओली गुट राज्य दोहनमा लागेको गिरोह

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौै । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओली गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको आरोप लगाएका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलाई नेकपा–एमालेबाट ६ महिनाका लागि निलम्बन गरेसँगै प्रतिक्रिया जनाउँदै नेता भुसालले असीमित सत्ताभोगको अतृप्त तृष्णाले ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको आरोप लगाए । , ‘म बस्न नपाउने कुर्ची भाँचीदिन्छु’, भन्दै ओलीले कबुल गरेको जीवनदर्शन भएको भन्दै भुसालले भनेका छन् ‘एउटा धरै राम्रो पार्टीलाई उनले गुटमा बदलेका थिए, अहिले त्यो गुट राज्य दोहनमा लागेको गिरोहमा परिणत भएको छ।’

भुसालले ओलीको व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी तथा विसर्जनवादी ताण्डवलाई पराजित गरेर लोकतन्त्र र वामपन्थको ऋण तिर्ने उल्लेख गरेका छन् ।

‘मेरो पार्टीको अध्यक्ष भएर उनले गरेका बर्बादिका लागि मैले दुनियाँसँग माफी माग्छु,’ उनले भनेका छन् ।

ओलीले आज भुसाल र पार्टीका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई एमाले सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेको जानकारी दिएका छन् ।

यसअघि वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पनि ओलीले पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेका थिए ।

असीमित सत्ताभोगको अतृप्त तृष्णाले कमरेड ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छ । ‘म बस्न नपाउने कुर्ची भाँची…

Posted by Ghanashyam Bhusal – घनश्याम भूसाल on Thursday, April 1, 2021


प्रतिक्रिया दिनुहोस्