जसपाले ओलीतन्त्रको घाँस खाँदैन : भट्टराई

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  १ : ५८


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले रेशम चौधरीलगायतका बन्दीको रिहाइलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा जाने कुरासँग नजोड्न आग्रह गरेका छन् ।

विहीबार सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश लेख्दै पूर्वप्रधामन्त्री समेत रहेका डा भट्टराईले बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो ? भन्दै प्रश्न गरेका छन् ।

‘‘रेशम चौधरीलगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासँग नजोडियोस् ! के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो !के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेसरकम्युनिष्ट पंचायत छिरेका थिए ? जसपाले ओलीतन्त्रको घाँस खान्न! चेतना भया!’ उनले ट्वीटमा लेखेमा छन् ।


प्रतिक्रिया दिनुहोस्