सिन्धुपाल्चोकमा एक वर्षमा १ सय १५ जनाले गरे आत्महत्या, मेलम्ची र चौतारामा सबैभन्दा बढी

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । गत आर्थिक वर्षमा सिन्धुपाल्चोक जिल्लामा १ सय १५ जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार कोरोना भाइरस महामारीपछि आत्महत्या गर्नेको संख्यामा वृद्धि भएको पाइएको छ ।

जिल्लाको मेलम्ची र चौतारा सांगाचोकगढि नगरपालिकामा साउन यता मात्र सबैभन्दा बढि १४ /१४ जनाले आत्महत्या गरेका छन् । लिसंखुपाखर गाउँपालिका बाहेक सबैठाउँमा आत्महत्याका घटनाहरु दर्ता भएको प्रहरीले जनाएको छ ।

आत्महत्याको जोखिम कम गर्ने उपायबारे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले मंगलबार सरोकारवाला निकायसँग गरेको थियो ।

सिन्धुपाल्चोकमा दिन प्रतिदिन आत्महत्या गर्नेको संख्या बढदै गइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एंव प्रहरी उपरीक्षक राजन अधिकारीले बताए ।

प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलको अध्यक्षतामा चौतारा सागाचोकगढी नगर पालिकाको उप–प्रमुख जानुका पराजुली, मेलम्ची नगरपालिका उप–प्रमुख भगवती नेपाल , बलेफी गाउँपालिका उपाध्यक्ष कमला कायस्थ , ईन्द्रावती गाउँपालिका उपाध्यक्ष मिरा अधिकारी लामा , जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरिक्षक राजन अधिकारी ,जिल्ला जन स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका बरिष्ठ अधिकृत दुर्गादत्त चापागाई, राष्ट्रिय अनुसन्धान प्रमुख , मनोबिमर्शकर्ता, रेडक्रस, नगर स्वास्थ्य प्रमुख,क्याम्पस प्रमुख, सञ्चारकर्मि लगायत अन्य सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आत्महत्या रोकथाम तथा न्यूनिकरणका लागि चाल्नुपर्ने कदमहरुबारे छलफल भएको थियो ।


प्रतिक्रिया दिनुहोस्