फेरि बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि वृद्धि

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । यो हप्ताको चौथो कारोबार दिन आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ ।

यसअघि बुधबार तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ८५ हजार ६ सय रुपैयाँ पुगेको छापावाल सुनको मूल्य बिहीबार ९ सय रुपैयाँले बढेर तोलाको ८६ हजार ५ सय रुपैयाँ पुगेको छ ।

बिहीबार तेजाबी सुनको मूल्य ८६ हजार ५० रुपैयाँ पुगेको थियो । यसअघि बुधबार तेजाबी सुनको मूल्य ८५ हजार १ सय ५० रुपैयाँ कायम भएको थियो ।

बिहीबार चाँदीको मूल्य पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिहीबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार २ सय १० रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबार चाँदीको मूल्य १ हजार १ सय ९५ रुपैयाँ कायम भएको थियो । बुधबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको थियो ।


प्रतिक्रिया दिनुहोस्