महोत्तरीमा गोली चल्याे

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


महोत्तरी । महोत्तरीमा अज्ञात समूहले चलाएको गोली लागेर एक युवक गम्भिर घाइते भएका छन् ।

जनकपुरको औरही नगरपालिका–६ बैरियामा अज्ञात समूहले प्रहार गरेको गोली लागेर बुधबार साँझ बर्दिवास नगरपालिका–१ का ३० वर्षीय रोशन कोइराला घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी दिनेश आचार्यका अनुसार कोइरालामाथि दुई गोली प्रहार गरिएको छ । एउटा गोली उनको हातमा र अर्काे कोखामा लागेको आचार्यले बताएका छन् । गोली प्रहारबाट घाइते भएका कोइरालालाई उपचारका लागि बर्दिवासस्थित जनसेवा अस्पतालमा भर्ना गरिएको छ ।

कोइराला औरहीतर्फ गएको बेलामा बुधबार राति करिब ७ः३० बजेतिर उनीमाथि गोली प्रहार भएको एसपी आचार्यले जानकारी दिएका छन् । उनका अनुसार घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्