पानी परेसँगै वायुमण्डलमा थुप्रिएको प्रदुषण घट्यो

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौँ । गत शुक्रबारदेखि वायुमण्डलमा थुप्रिएको घातक प्रदुषण वर्षासँगै घट्ने विज्ञहरुले बताएका छन् । देशभर लागेको डढेलो र भारतबाट आएको प्रदुषित हावाले केही दिनदेखि वायुमण्डल नै धुम्म रहेको थियो ।

बुधबार देशका अधिकांश क्षेत्रमा वर्षा भएसँगै वायुमण्डलमा तैरिएर रहेको प्रदुषणको कण जमिनमा झरेको छ,मौसमविज्ञ ऋषिराम शर्माले भने, आजबाट मौसममा केही सुधार आउनेछ ।’

उनका अनुसार पानी परेसँगै प्रदुषणको मात्रा आधा घट्ने छ । पानी पर्ने प्रणालीको विकास भएसँगै हावाको प्रवाह पनि बढेकाले केहि दिनमै मौसम सफा रहनेछ । वर्षा र हावा प्रवाहले प्रदुषणको मात्रा घट्ने विज्ञहरुको भनाई छ ।

केही दिनदेखि हावा समेत नचल्दा वायु प्रदुषण तल्लो तहसम्म फैलिएको थियो । जसका कारण आँखा पाल्ने, रुघाखोकी लाग्ने समस्या देखिएको हो ।

ठुलो वर्षा भएको भए एकै दिनमा मौसम पुरै खुल्ला हुन्थ्यो तर हल्का वर्षाका कारण मौसम पूर्ण रुपमा खुल्न केहि दिन लाग्ने देखिन्छ । प्रदुषणको मात्रा बढ्दा भिजिविलिटीमा कम भएको थियो ।

भिजिविलिटी कम हुदाँ आन्तरिक तथा बाह्य उडान समेत अबरुद्ध बनुन पुगेको थियो । सामान्यतया विमान उड्नका लागि ५ हजार मिटर भिजिविलिटी हुनु आवश्यक छ । तर शुक्रबार र शनिबार १ हजार ५ सय मिटर देखि २ हजार मिटर भिजिविलिटी देखिएको थियो ।


प्रतिक्रिया दिनुहोस्