अझै केही दिन तुवाँलो कायम रहने

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ९ : ०७


पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकासहित देशको अधिकांश भूभागमा देखिएको तुवाँलो अझै केही दिन कायम रहने भएको छ ।

नेपाल तथा भारतको केही स्थानमा लागेको डढेलोका साथै लामो समय पानी नपरेको र हावा नचेलेका कारण वायु प्रदूषण बढेको तथा प्रदूषणको कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार मङ्गलबारको तुलनामा आज पारदर्शीता केही बढेको छ । उदका अनुसार अब निरन्तर बढ्ने सम्भावना देखिएको छैन । आज देशको केही स्थानमा फाट्टफुट्ट वर्षाका साथै हावाको बेग हल्का बढेकाले पारदर्शिता बढेको बताइएको छ । आगामी तीन दिन मौसम सुधार हुने कुनै अवस्था नदेखिएको विभागले जनाएको छ।

राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ। रासस


प्रतिक्रिया दिनुहोस्