सिंगटी हाइड्रोको आईपीओ आउदो शुक्रबार बाँडफाँड हुने

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ९ : ००


सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाड हुने मिति सार्वजनिक भएको छ।

सो कम्पनीको बिक्री प्रबन्धकले आगामी हप्ताको शुक्रबार बाँडफाँड गर्ने जनाएको छ। कम्पनीले निष्कासन गरेको आईपीओको बाँडफाँट आगामी साता अर्थात् चैत २७ गते शुक्रवार हुने छ।

कम्पनीले चैत ६ गते देखि १० गतेसम्म सर्वसाधारणको लागि २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो।

जसमध्ये ५८ हजार कित्ता कर्मचारीको लागि र १ लाख ४५ हजार कित्ता सेयर सामुहिक लगानी कोषको लागि बाँडफाँट गरी बाँकी रहेको २६ लाख ९७ हजार कित्ता आईपीओ सर्वसाधारणको लागि निष्कासन गरेको थियो।


प्रतिक्रिया दिनुहोस्