काठमाडौं उपत्यकामा पानी पर्यो

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ८ : १७


काठमाडौं । काठमाडौं उपत्यकामा लामो समयपछि बुधबार साँझ पानी परेको छ। अहिले उपत्यकामा हल्का बर्षा भइरहेको छ।

केहि दिन यता पानी नपर्दा उपत्यकामा बायु प्रदुषणको मात्रा अत्यधिक बढेको थियो भने सरकारले देशभरका विद्यालय ४ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।

बुधबार पानी परेपछि केही दिनयता लागेको तुवाँलो थोरै भए पनि हट्ने मौसमविद्ले बताएका छन्।

तर, यो पानी पार्ने प्रणाली दुई दिनमात्र रहने हुँदा फेरि प्रदूषण कायमै देखिने मौसमविद्हरुको अनुमान छ।

मौसमविद्का अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशसहित देशभरका पहाडी भूभागमा वर्षा भएको हो।

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्