समानान्तर गतिविधि रोक्न माधव समूहलाई ओली पक्षको चेतावनी

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ७ : १७


काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्षले समानान्तर गतिविधि नरोके नेपाल–खनाल पक्षलाई कारवाही गर्ने चेतावनी दिएको छ।

संसद भवनमा पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीमा समानान्तर गतिविधि कायम राखे कारबाही हुने चेतावनी दिए।

एमाले मन नपरे अर्को पार्टी खोल्न वा अर्को कुनै दलसंग जोडिन पनि ज्ञवालीले सुझाव दिए।

एमालेभित्रै बसेर एमालेका नाममा समानान्तर गतिविधि हुनु कारवाहीको विषय भएको पनि ज्ञवालीले बताए। समानान्तर संगठन खोलेर पार्टीको एकतालाई कमजोर पारेर गन्तब्यमा कसरी पुग्न सकिन्छ भन्दै उनले नेपाल खनाल समूहलाई प्रश्न पनि गरे।

एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले जिल्ला तहसम्म समानान्तर गतिविधि गरिरहेका बेला संस्थापनको चेतावनी आएको हो ।


प्रतिक्रिया दिनुहोस्