नेपालमा क्रिश्चियन बढे वा घटे सहि तथ्याङ्क आउनुपर्यो : कोमल वली

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ५ : ५४


काठमाडौं । राष्ट्रिय जनगणना २०७८ मा सहि तथ्याङ्क आउनका लागि प्रभावकारी रुपमा तथ्याङ्क सङ्कलनको काम हुनुपर्नेमा सांसदहरुले जोड दिएका छन्।

बुधबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय जनगणना २०७८ को तयारी र भावि कार्ययोजनाको सम्बन्धमा छलफल गर्दै सांसदहरुले विभिन्न कारणले तथ्याङ्क सहि आउन नसक्ने भन्दै सहि तथ्याङ्कका लागि प्रभावकारी रुपमा तथ्याङ्क सङ्कलनको कामलाई अगाडी बढाउनुपर्नेमा जोड दिएका हुन्।

सांसद कोमल वलीले पछिल्लो समय हिन्दु धर्मप्रति बायसनेस देखिने गरेको भन्दै नेपालमा धर्मको अवस्था कस्तो रहेको छ यर्थाथ रुपमा जनगणनाबाट आउनुपर्ने बताइन्। क्रिश्चियन धर्मावलम्बीको संख्या बढेको अथवा घटेको सम्बन्धमा वास्तविक तथ्याङ्क आउनुपर्ने पनि बताइन्।

सांसद विमला पौडेलले जनगणनाको कामका लागि राष्ट्रिय योजना आयोगको मात्रै नभई सबैको भूमिका महत्वपूर्ण हुने बताइन्। जनगणनालाई सफल बनाउनको लागि सांसदहरुको पनि भूमिका हुनुपर्ने र सांसदहरुलाई पनि परिचालन गर्नुपर्ने बताइन्।

सांसद खिमलाल भट्टराईले नेपालमा क्रिश्चियन धर्मको अवस्था के कस्तो रहेको छ सहि तथ्याङ्क आउनुपर्ने बताए। सेवा क्षेत्रको विकास कसरी भइरहेको छ, कृषिको अवस्था कस्तो छ र नेपालमा गरिबीको अवस्था कस्तो छ यि सबै विषय जनगणनामा समेटिनुपर्ने पनि उनले बताए। त्यसैगरी बोक्सी प्रथा, दाइजोप्रथा, बालविवाह, छाउपडी प्रथा लगायतका विभिन्न सामाजिक कुप्रथाहरुको पहिचान गरिनुपर्ने पनि बताए। सामाजिक कुप्रथाको पहिचान गर्न सके सामाजिक रुपान्तरणमा सहयोग पु¥याउने उनले बताए।

सांसदहरुले जनगणनामा सहि तथ्याङ्क आउनका निम्ति गणकहरुको भूमिका र सक्रियता प्रमुख हुने भएकाले गणकहरुलाई सहि ढङ्गले सूचना सङ्कलनमा खटाउनुपर्ने मत राखेका छन्।

तथ्याङ्क संकलन गर्दा गोपनियता कायम गर्नुपर्ने विषयमा पनि सांसदहरुको जोड छ।


प्रतिक्रिया दिनुहोस्