चीनले अनुदानमा दिएको खोप ४० वर्षमाथिको उमेर समूहलाई लगाउने निर्णय

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ५ : २०


काठमाडौं । सरकारले ४० वर्षमाथिको उमेर समूहलाई कोरोनाभाइरस विरुद्धको खोप दिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४० देखि ५९ वर्ष उमेर समूहलाई खोप दिने निर्णय भएको छ ।

पूर्वाधारका हिसाबले उपयुक्त अस्पतालबाट खोप प्रदान गरिने डा गौतमले जानकारी दिए ।

उनका अनुसार यो उमेर समूहलाई चीन सरकारबाट प्राप्त खोप दिन लागिएको हो ।

चीन सरकारले नेपाललाई आठ लाख डोज खोप उपलब्ध गराएको छ । उक्त खोप सोमबार मात्र नेपाललाई हस्तान्तरण गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्