काठमाडौं । दक्षिण कोरियामा १ जना नेपाली कामदारको मृत्यु भएको छ।
कर्णाली प्रदेशको सुर्खेत घर भएका गगन रावलको कोरियामा मृत्यु भएको हो ।
सुर्खेत समाज दक्षिण कोरियाले हृदयघातका कारण गगनको मृत्यु भएको जानकारी दिएको छ ।
उनको मंगलबार राति स्थानीय समयअनुसार साढे २ बजे मृत्यु भएको हो ।
प्रत्यक्षदर्शी नेपालीहरुका अनुसार गगन राति एक्कासी ठूलो आवाजमा चिच्याएका थिए ।
त्यसपछि हेर्न जाँदा उनी बहोस भएर भएर भूइँमा लडेको अवस्थामा भेटिएका थिए ।
दक्षिण कोरियामा ४ बर्ष १० महिना बसिसकेका उनी अप्रिलमा नेपाल आउने योजनामा थिए ।