थप १ सय ६२ जनामा कोरोना संक्रमण

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाका १ सय ६२ संक्रमित थपिएका छन् । तीन हजार ९१९ वटा नमुनाको पीसीआर परीक्षण गर्दा १६२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७७ हजार ३०९ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ ।

नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोभिड–१९ का कारण तीन हजार ३० जनाले ज्यान गुमाइसकेका छन् ।

हाल क्वारेन्टिनमा ५९ जना छन् भने आइसोलेसनमा एक ४९३ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्