अमेरिकामा एसियाली मूलकी महिलामाथि आक्रमण, लात्ताले हानेर सडकमा लडाइयो

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को प्रकोप बढेसँगै अमेरिकामा जातीय आक्रमण पनि तीव्र बढ्न थालेको थियो ।

कोरोना फैलिएसँगै अमेरिकामा एसियाली मूलका व्यक्तिमाथि सार्वजनिक स्थानमै आक्रमणका घटना बढेका छन् ।

केही दिन अगाडि मात्रै २ जना नेपाली मूलका व्यक्तिमाथि अमेरिकामा आक्रमण भएको थियो । फेरि १ जना एसियाली मूलकी अमेरिकी नागरिकमाथि आक्रमण भएको छ ।

अमेरिकाको न्युयोर्कस्थित म्यानह्याटनमा सोमबार एक एसियाली-अमेरिकी महिलामाथि काला जातिका मानिसले लात्ताले निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ ।

६५ वर्षकी एसियाली-अमेरिकी महिलालाई काला जातिका मानिसले पेटमा लात्ताले हिर्काएर भुइँ (सडक) मा लडाइदिएका छन् ।

भुइँमा लडाएपछि पनि ती मानिसले महिलामाथि लात्ताले हिर्काइरहेका भिडियोमा देख्न सकिन्छ ।

तर, महिलामाथि कुटपिट भइरहँदा एक सुरक्षा गार्ड भनेर चुपचाप भएर हेरिरहेको भिडियोमा देखिएको छ ।

आक्रमणबाट महिलाको कम्मर र गर्धनमा चोट लागेको छ । न्युयोर्क सिटीको प्रहरी विभागले जातिवादी दृष्टिकोणकै कारण आक्रमण भएको देखिएको जनाएको छ ।

प्रहरीले आक्रमणकारीको तस्बीर सार्वजनिक गरेको र उनको खोजी भइरहेको जनाएको छ ।

चीनबाट कोरोना भाइरस फैलिएपछि पश्चिमा देशहरुमा चिनियाँजस्ता देखिने एसियाली मूलका मानिसहरुमाथि आक्रमण हुँदै आएको छ ।

कोरोना फैलनुमा जिम्मेवार ठहर्‍याउँदै चिनियाँजस्ता देखिने मानिसहरुमाथि आक्रमणका घटना बढ्दै गएका विभिन्न अध्ययनहरुले देखाएका छन् ।

 


प्रतिक्रिया दिनुहोस्