नेप्से ४३ अंकले बढ्यो, ७ कम्पनीको सेयर मूल्यमा सर्वाधिक वृद्धि

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ४३ अंकले बढेको छ। अघिल्ला दिनभन्दा ४३.३६ अङ्क अर्थात् १.६८ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २६१९.०३ अङ्कमा आज बजार बन्द भएको छ।

आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २६१९.१४६५ र कममा २५९२.७९६७ पुगेको थियो।

‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.४८ अंकले बढेको छ। टिएमएसमा आएको समस्याका कारण आज नेप्सेको कारोबारको समय १ घण्टा अर्थात ४ बजेसम्मका लागि थपिएको थियो।

यस दिन नेप्सेमा ६ अर्ब बढीको कारोबार भएको छ। आज सबैभन्दा धेरै महिला लघुवित्त वित्तिय संस्था, अजोड इन्स्योरेन्स कम्पनी र वमी माइक्रोफाइनान्स वित्तिय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढ्यो। यी हुन आज सबैभन्दा धेरै कमाउने १० कम्पनी।

रैराङ हाइड्रोपावर र बोटलर्स नेपाल तराईंको सेयर सर्वाधिक घटेको छ। कारोबारका हिसाबले आज सबैभन्दा धेरै हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलभमेन्ट कम्पनीको सेयर कारोबार भयो। आज कारोबार भएका समूहमा ट्रेडिङ बाहेक अन्य सबै समूह बढेका छन्।


प्रतिक्रिया दिनुहोस्