सूर्य थापाको आरोप-घनश्याम भुसालले जब चुनाव जित्छन् तब पार्टी फुट्छ, संयोग कि नियति?

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ३ : ५८


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार सूर्य थापाले नेकपा एमालेका नेता एवं सांसद भुसालमाथि जहिल्यै फुटको राजनीतिमा सक्रिय किन भन्दै प्रश्न गरेका छन्।

हाल वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेन नेता भुसाललाई थापाले विगतका घटना स्मरण गराएका छन्।

एमालेभित्र नेता भुसाललाई बौद्धिक व्यक्तित्वको रुपमा हेरिन्छ। प्रम ओलीका सल्लाहकार थापाले जीवनमा दुई वटा मात्रै निर्वाचन जितेको र चुनाव जितिसकेपछि पार्टी विभाजनमा लागेको आरोप भुसालमाथि लगाएका हुन।


प्रतिक्रिया दिनुहोस्