अमेरिकामा फेरि एसियनमाथि दुर्व्यवहार(भिडियो)

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ३ : ३१


एजेन्सी । अमेरिकामा काला जातिका मानिसहरुमाथि गोराहरुले विभेद गर्ने गरेका घटना ठूलो मुद्धा बन्ने गर्छ। अफ्रिकी नागरिकहरुमाथि भएको दुर्व्यवहारबारे विश्वभरबाट विरोध हुने गरेको छन्।

अमेरिकामा काला जातिका मानिसमाथि मात्रै नभई एसियाली मूलका मानिसहरुमाथि पनि विभेद कायमै छ। एसियालीहरुमाथि कालाजातिका मानिसले समेत विभेद गर्ने गर्छन्।

केहि दिन अघि २ जना नेपाली माथि अफ्रिकी अमेरिकी महिलाले दुव्र्यवहार गरेका थिए।

यसैबीच, एक एसियाली मूलका मानिसमाथि दुव्र्यवहार गरेको भिडियो फेरि सार्वजनिक भएको छ।

अमेरिकाको न्युयोर्कस्थित म्यानह्याटनमा गत सोमबार एक एसियाली–अमेरिकी महिलामाथि लात्ताले निर्घात कुटपिट भएको भिडिओ सार्वजनिक भएको हो।

भिडिओमा देखिएअनुसार ६५ वर्षकी महिलालाई काला जातिका मानिसले पेटमा लात्ताले हिर्काएर भुइँमा लडाइदिएका छन्। भिडियो तल हेर्नुहोस्


प्रतिक्रिया दिनुहोस्