पार्टी कार्यालयका लागि घर खोजिरहेका छौं, पाउनु भयो भने खबर गर्नुस्: माधव नेपाल

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  २ : ५४


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेपछि नेता माधव कुमार नेपाल पक्षले समानान्तर पार्टी संरचना बनाउने निर्णय गर्‍यो ।

तल्लो तहसम्म समानान्तर संगठन बनाएर ओली विरुद्ध अभियान नै चलाउने तयारी उक्त समूहको छ ।

समानान्तर कमिटी नै सञ्चालन गर्ने भएसँगै नेपाल र झलनाथ खनाल समूहले पार्टी कार्यालयका लागि भवन खोजिरहेको छ ।

आफूहरुले नेकपा एमालेका लागि पार्टी कार्यालय खोजिरहेको नेता नेपालले जानकारी दिए ।

युवा संघको समानान्तर कमिटीको कार्यालय उद्घाटन गर्दै नेता नेपालले पार्टीका लागि नयाँ कार्यालय खोजिरहेको जानकारी दिए ।

‘हामीले पनि भवनको खोजी गरेका छौं,’ नेता नेपालले भने, ‘राम्रो ठाउँ पाउनु हुन्छ भने खबर गर्नुहोस् । त्यो भन्दा एमालेको नयाँ कार्यालय पनि ठूलो र सानदार भवन हामीलाई चाहिन्छ।’

यसैबीच धुम्बाराहीमा रहेको नेकपा एमालेको कार्यालय भने वैशाख १ देखि थापाथली हाइटमा सर्न लागेको छ । नयाँ कार्यालयको केही दिन अघि मात्र अध्यक्ष ओलीले निरीक्षण गरेका थिए । तर, उक्त कार्यालयमा नजाने बरु आफैं नयाँ कार्यालय खोल्ने तयारीमा नेपाल खनाल समूह पुगेको हो ।


प्रतिक्रिया दिनुहोस्