प्रधानमन्त्रीलाई सुरक्षा खतराबारे तत्काल जवाफ दिन कांग्रेसको माग

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  १ : ५७


काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्रीले केही दिनअघि आफूमाथि सुरक्षा खतरा रहेको र कुनै पनि समयमा भौतिक आक्रमण हुने भनेकाले त्यसको जानकारी दिन सरकारसँग माग गरेका छन् ।

‘यसमा यर्थाथता कति छ? गृह मन्त्रालयले उहाँको सुरक्षाका लागि के के गरिरहेको छ ? उनले भने ‘संसद् चलिरहँदा आजसम्म प्रधानमन्त्री नदेखिनुको कारण सुरक्षा खतरा हो कि नैतिक खतरा महसुस गर्नु भएको हो?

प्रतिनिधि सभाको बुधबारको बैठको शून्य समयमा बोल्दै उनले यसबारे सरकारले स्पष्ट जानकारी दिन माग गरे। ‘सुरक्षा खरता छैन भने आफ्नै देशको सुरक्षामाथि यस्तो प्रश्न उठ्ने गैरजिम्मेवार र बनावटी किन गर्नुभयो प्रधानमन्त्री, गृहमन्त्री वा सरकारको प्रवक्ताद्वारा स्पष्ट जानकारी दिनपर्‍यो।’


प्रतिक्रिया दिनुहोस्