एमालेमा समानान्तर अभ्यास: माधव नेपालद्वारा आफूहरू निकट युवासंघ कार्यालयको उद्घाटन

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  १ : २४


काठमाडौं । माधव नेपाल र झलनाथ खनाल नेतृत्वको नेकपा (एमाले) निकट युवा संघ कार्यालयको औपचारिक उद्घाटन भएको छ ।

युवा संघले बबरमहलमा आयोजित विशेष कार्यक्रमबीच वरिष्ठ नेता माधव नेपालले कार्यालय भवनको औपचारिक रूपमा उद्घाटन गरे ।

देशमा विकसित राजनितिक घटनाक्रमले युवा आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको छ भन्दै नेता नेपालले युवाहरू संगठीत हुनुपर्ने बताए ।
नेता नेपालले आफूहरु एकतावद्ध कम्युनिष्ट पार्टीको पक्षमा रहेको बताए ।
अध्यक्ष केपी शर्मा ओलीले कारवाही गरेपछि माधव झलनाथ समूहले समानान्तर संगठन गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्