नेपालको जीडीपी २.७ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  १२ : २७


काठमाडौं । आर्थिक वर्ष २०२१ २०२२ मा नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी)मा २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । साथै सन् २०२३ मा ५.१ प्रतिशतले अर्थतन्त्र पुनर्उत्थान हुने विश्व बैंकले जनाएको छ ।

विश्व बैंकले बुधबार विज्ञप्ती जारी गर्दै दक्षिण एसियाको अर्थतन्त्र २०२१ मा ७.२ प्रतिशत र सन् २०२२ मा ४.४ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको हो ।

साथै बैंकले नेपालसहित बंगलादेश र पाकिस्तानको जीडीपीको आकार पनि वृद्धि हुने आशा गरेको छ । यसो हुनुमा रेमिट्यान्स आप्रवाहमा भएको वृद्धि कारण रहेको उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्