बागलुङ ग्याङ फाइट प्रकरण– प्रहरीद्वारा ७ जना पक्राउ

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ११ : ३६


काठमाडौं । बागलुङ, गुल्मी र प्युठान जिल्लाको संगमस्थल बल्देधुरीमा होली खेल्ने क्रममा २ जनाको मृत्यु हुनेगरी भएकव घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

आइतबार बल्देधुरीमा होली खेल्ने क्रममा भएको विवादले उग्र रुप लिँदा २ जनाको मृत्यु भएको थियो भने केही घाइते भएका थिए ।

आइतबारको घटनामा बागलुङको निसीखोला गाउँपालिका–७ घर भएका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको मृत्यु भएको थियो ।

२ जनाको मृत्यु हुने गरी भएको घटनामा संलग्न रहेका ७ जना आरोपीलाई पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका डीआईजी घनश्याम अर्यालले जानकारी दिए ।

प्रहरीले उनीहरुलाई मंगलबार राति पक्राउ गरेको हो । पक्राउ परेकाहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छ ।


प्रतिक्रिया दिनुहोस्