सुनको भाउ फेरि घट्यो , चैत महिनाकै कम मूल्यमा कारोबार हुँदै

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ११ : ०६


काठमाडौं । यो हप्ताको तेस्रो कारोबार दिन आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ ।

तोलामा ४ सय रुपैयाँले घटेसँगै बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

बुधबार तेजाबी सुनको मूल्य तोलाको ८५ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।

बुधबार कायम भएको सुनको मूल्य चैत महिनाकै सबैभन्दा कम हो । चैत १ गते नेपाली बजारमा छापावल सुनको मूल्य ८६ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।

त्यसयता सुनको मूल्यमा उतारचढाव जारी रहेपनि बुधबार (चैत १८ गते) पहिलोपटक सुनको मूल्य घटेर ८५ हजार ६ सय पुगेको हो ।

बुधबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार नेपाली बजारमा चैत महिनाकै कम मूल्यमा चाँदीको कारोबार भइरहेको छ ।

बुधबार चाँदकिो मूल्य तोलाको १ हजार १ सय ९५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदीको मूल्य १ हजार २ सय १५ रुपैयाँ थियो ।

बुधबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्