काठमाडौं । बलिउड अभिनेता तथा बिग बोसका पूर्व प्रतियोगी एजाज खान लागुऔषधसहित पक्राउ परेका छन् ।
उनलाई मुम्बई प्रहरीले मंगलबार राती पक्राउ गरेको भारतीय मिडियाले जनाएको छ ।
प्रहरीका अनुसार उनलाई मुम्बईको सिबिडी बोलापुरको होटलबाट प्रक्राउ गरिएको हो । उनले बलिउड फिल्मसँगै धेरै टेलिभिजन कार्यक्रममा काम गरेका छन् ।
एजाज सन् २०१६ मा पनि पक्राउ परेका थिए । त्यो समयमा उनलाई एक हेयरस्टाइलिस्टलाई अश्लील तस्बिर पठाएको आरोप लागेको थियो ।