‘राम सेतु’ को छायांकन सुरु

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ११ : ५२


काठमाडौं । भारतमा बढ्दो कोरोना भाइरस संक्रमणबीच अक्षय कुमारले नयाँ फिल्म ‘राम सेतु’ को छायांकन सुरु गरेका छन्।

ज्याकलिन फर्नान्डिस तथा नुसरत भरुचा मुख्य भूमिकामा रहेको यस फिल्मलाई अभिषेक शर्माले निर्देशन गर्दैछन्।

आगामी वर्षको आगमनसँगै प्रदर्शनमा ल्याउनेगरी फिल्मको काम भइरहेको छ । यस फिल्ममा उनी एक आर्कियोलोजिष्टका भूमिकामा हुनेछन्।

जसले भारत र श्रीलंकाको बीचा बनेको ‘राम सेतु’ को सच्चाई बाहिर ल्याउने काम गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्