आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  ९ : १७


काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पेश गरिनेछ ।

यस्तै कांग्रेसबाट तत्कालीन संविधान सभामा सांसद रहेकी लक्ष्मीदेवी भण्डारीको निधन भएकोमा पनि शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ । साथै विभिन्न वार्षिक प्रतिवेदनहरू पेश गर्ने कार्यसूची छन् ।

विभिन्न समितिका सभापतिले वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्