बूढानीलकण्ठ पुगेर देउवालाई भेटेपछि भट्टराईलाई भेट्न गए प्रचण्ड

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ५ : २७


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेट भएको छ ।

देउवालाई भेट्न प्रचण्ड उनकै निवास बूढानीलकण्ठमा पुगेका थिए । दुई नेताबीच सवा तीन बजेदेखि चार बजेसम्म छलफल भएको जनाइएको छ ।

देउवासँगको छलफल सकेर प्रचण्ड जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईलाई भेट्न उनकै निवास पुगेका छन् ।

नेकपा खारेज गरी एमाले–माओवादी ब्युँताउने सर्वोच्चको फैसलाविरुद्ध आज सर्वोच्चमा पुनरावलोकनको माग गरेका प्रचण्डले राजनीतिक भेटघाटलाई तिब्रता दिएका छन् ।

नेकपा एमालेमा ओलीले नेताहरु माधव कुमार नेपाल र भीम रावललाई पार्टीबाट निलम्बन गरेसँगै प्रचण्डको सक्रियता बढेको हो।


प्रतिक्रिया दिनुहोस्