एमाले र माओवादीको एकता भंग गर्ने फैसला सर्वोच्चले सच्याउनेमा विश्वस्त छौं: प्रचण्ड

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १२ : ५२


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला राजनीतिक भएको भन्दै अदालतले उक्त निर्णय सच्याउनेमा आफूहरु विश्वास्त रहेको बताएका छन् ।

नेकपाको विवाद निरुपणका सन्दर्भमा सर्वोच्च अदालतले गरेको फैसला पुनरवलोकनका लागि निवेदन दर्ता गरेपछि प्रतिक्रिया दिँदै प्रचण्डले निट निवेदकको माग भन्दा फैसला बाहिर गएको बताए ।

‘रिट निवेदकले पार्टी एकता टुटोस् भन्ने चाहेका थिएनन्, निवेदकको निवेदकको चाहनाभन्दा बाहिरबाट फैसला आयो’, उनले भने।

अदालतको फैसला त्यो पार्टीको नामसम्बन्धी जुन फैसला भयो। त्यो स्वभाविक भएन प्राकृतिक भएन राजीतिक प्रकृतिको भयो । त्यसमा पुनरावलोकन गर्नुपर्यो भनेर मैले निवेदन दर्ता गराएको छु’, प्रचण्डले भने ।

प्रचण्डले यसअघि अदालतले गरेको कतिपय फैसलामा टिप्प्णी हुँदा पुनरावलोक हुने गरेको बताए । उनले राजनीतिक स्थायित्वका लागि एकतावद्ध भएका दलहरुलाई विभाजित गर्ने राजनीतिक काम अदालतले गरेको भन्दै त्यसलाई अदालतले सच्याउने विश्वास लिए ।

‘हामीलाई के विश्वास छ भने विगतमा पनि सर्वोच्चको कतिपय फैसलामा टिप्प्णी भयो र पुनरावलोकनको प्रश्न उठ्यो भने त्यसमा पुनरावलोकन गर्ने गरेको छ’ उनले भने,’ हामीलाई विश्वास छ देशको राजनीतिक स्थायित्वको निमित्त एकतावद्ध भएका दलहरुलाई विभाजित गर्ने जस्तो राजनीतिक काम अदलतले जो निर्णय ग¥यो त्यसलाई अदालतले सच्याउने छ ।’


प्रतिक्रिया दिनुहोस्