प्रचण्डले सर्वोच्च पुगेर दर्ता गराए पुनरावलोकनको निवेदन

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १२ : ३८


काठमाडौं । नेकपा नाम ऋषि कट्टेललाई दिँदै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले पुनरावलोकनको निवेदन दर्ता गराएको छ ।

मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू सर्वोच्च पुगेर निवेदन दर्ता गराएका हुन् ।

प्रचण्डसँगै नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, मातृका यादव, दीनानाथ शर्मा, जनार्दन शर्मा, कृष्णबहादुर महरा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, देवेन्द्र पौडेल, प्रमुख सचेतक देव गुरुङ लगायत सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्चमा पुनरावलोकन निवदेन दिएर बाहिरिने क्रममा अध्यक्ष प्रचण्डले अदालतले मागभन्दा बढी दिएका कारण पुनरावलोकन गरिएको बताए ।

फागुन २३ गते न्यायाधीशहरू कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले एमाले र माओवादी केन्द्र ब्युँताएको थियो ।

सर्वोच्चको आदेशमा दुई पार्टीबीचको एकीकरणलाई अवैधानिक करार गर्दै एकीकरण गर्ने भए १५ दिनभित्र निर्वाचन आयोगमा निवेदन दर्ता गर्न भनिएको थियो ।

अदालतको फैसलापछि एमाले र माओवादी केन्द्रले पूर्ववत अवस्थामा पार्टी गतिविध गर्दै आएका छन् ।

 

 

 

 


प्रतिक्रिया दिनुहोस्