सुँगुर मार्ने झिरले रोपेर इटहरीमा एक जनाको हत्या

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १२ : ११


काठमाडौं । इटहरी उपमहानगरपालिका–२ मा सोमबार एक जनाको हत्या भएको छ।

स्थानीयवासी केशव कार्कीको हत्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीले बताए ।

सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर कार्कीको हत्या गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

हत्याको आरोपमा छिमेकी जीवनाथ रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

छिमेकीको हत्या गरी भागिरहेको अवस्थामा रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

पुरानो रिसिइबी साँध्नका लागि रेग्मीले कार्कीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। रासस

 


प्रतिक्रिया दिनुहोस्