पुनरावलोकन निवेदन लिएर सर्वोच्च अदालत पुगे प्रचण्ड

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ११ : ५७


काठमाडौं । अदालतले फागुन २३ मा गरेको फैसला पुनरावलोकनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु सर्वोच्च अदालत पुगेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेताहरु मंगलबार मध्यान्ह सर्वोच्च अदालत पुगेका हुन् ।

सर्वोच्चले नेकपा विवादमा निवेदकको माग दावीभन्दा बाहिर गरेर फैसला गरेको भन्दै नेकपा माओवादी केन्द्रले पुनरावलोकनको मागसहित निवेदन दर्ता गर्ने निर्णय गरेको थियो ।

सर्वोच्चले गत फागुन २३ गते नेकपा विवादबारे फैसला सुनाउँदै ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिक मान्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपालाई अस्वीकार गरेको थियो ।

उक्त फैसलापछि नेकपा(एमाले) र माओवादी केन्द्र पुरानै अवस्थामा फर्किएर पार्टी गतिविधि गरिरहेका थिए ।


प्रतिक्रिया दिनुहोस्