माओवादी केन्द्र नेकपा पुनरावलोकनका लागि आज सर्वोच्च जाँदै

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ९ : ४०


काठमाडौं । नेकपा माओवादी केन्द्र आज नेकपा नाम विवादमा सर्वोच्च अदालतले दिएको फैसलाकाे पुनरावलोकनका लागि सर्वोच्च अदालत जाने भएको छ ।

नेकपा नाम विवादमा फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र आज ११ बजे सर्वोच्च अदालत जाने तयारी भइरहेको बताइएकाे छ ।

नेकपा विवादमा सर्वोच्चको फैसलाप्रति असन्तुष्ट माओवादी केन्द्रले फैसला पुनरावलोकनका लागि सर्वोच्च जाने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्