सबै राज्यमा स्वास्थ्य मापदण्ड पालना गर्न बाइडेनको सुझाव

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ९ : २१


काठमाडौं । अमेरिकाका राष्ट्रपति जो बाइडेनले सबै राज्य र सहरहरुमा मास्क लगाउन प्रत्साहित गर्न गभर्नर र मेयरलाई अपिल गरेका छन् ।

कोरोना महामारी पूर्णरुपमा उन्मूलन भइनसकेकाले अनिवार्य मास्क लगाउन उनले भनेका छन् । हाल मानिसहरुको लापरवाहीका कारण कोरोना संक्रमणको दर बढिरहेकाले सबैले स्वास्थ्य मापदण्ड पालना गर्न उनले आग्रह गरे ।

अमेरिकामा अहिलेसम्म ३ करोड १० लाख २८ हजारलाई कोरोना सङ्क्रमण भइसकेको छ भने ५ लाख ६३ हजार १ सय ६८ जनाको ज्यान गइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्