गोरखामा माधवकुमार नेपाल पक्षको समानान्तर कमिटी गठन

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ८ : ५७


काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले गोरखामा समानान्तर जिल्ला कमिटी गठन गरेको छ।

यसअघि जिल्ला उपाध्यक्ष रहेका नारेश्वरका यादव बस्नेतको अध्यक्षतामा सोमबार समानान्तर जिल्ला कमिटी गठन एको हो।

कम्युनिष्ट पार्टी नेकपा हुँदा ओली पक्षले नेकपा केन्द्रीय सदस्य समेत बनाएको उनले अस्वीकार गरेर नेपाल प्रचण्ड-नेपाल पक्षमा लागेका थिए।

नेता झलनाथ खनाल, नेपाल र गौतम पक्षका नेता तथा कार्यकर्ताको भेलाले बस्नेतको अध्यक्षतामा ६४ सदस्यीय समानान्तर जिल्ला कमिटी बनाएको छ ।

बस्नेत यसअघि वामदेव गौतम निकट थिए।


प्रतिक्रिया दिनुहोस्