२ नेतालाई एमालेबाट निलम्बन गरिएसँगै सूर्य थापाको सेयर गरे माधव नेपाल रोएको तस्विर

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ९ : २५


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावल नेकपा एमालेबाट निष्काशित भएका छन्।

पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीले ६ महिनासम्मका लागि नेताद्धयलाई निलम्बन गरेका हुन।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यसअघि नै उनीहरुलाई ६ महिनाका लागि निलम्बन गरिनुपर्ने बताउँदै आएका छन्।

आफूले भने अनुसारनै पार्टीबाट निर्यय भएपछि थापाले सामाजिक सञ्जालमा वरिष्ठ नेता माधव कुमार नेपाल रोएको जस्तो देखिने तस्विर सेयर गरेका छन्।

पहिले प्रचण्ड पक्षमा जाँदा माधवकुमार नेपाल र भीम रावलले आफूहरूलाई स्पष्टीकरण नै नसोधी कारबाही गरिएको समेत थापाले उल्लेख गरेका छन्।

यसैबीच, पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पनि नेपाल रावलसँग बदलाको भाव राख्दै ट्विट गरेका छन्।

कारबाही गरिएको भन्ने खबरपछि नेता माधवकुमार नेपालले एमाले बनाउन ओलीकै भूमिकै थिएन भनेर प्रतिक्रिया दिएको भन्दै ओली समूहका नेता बास्कोटाले नेता नेपाललाई नेकपा हुँदा अध्यक्ष ओलीलाई के हैसियतामा कारबाही गरेको भनेर प्रश्न गरेका हुन्।

 


प्रतिक्रिया दिनुहोस्