योगेश भट्टराई भन्छन्, कारवाहीको परिणाम उल्टो हुने निश्चित छ

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ९ : ०३


काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र भीम रावललाई कारवाही गरेका छन्।

सोमबार प्रधानमन्त्री अ‍ोलीले नेताद्धय नेपाल र रावलमाथि ६ महिनासम्मका लागि पार्टीको साधारण सदस्य समेत नरहनेगरि निष्काशन गरेका हुन।

सो निर्णयबारे नेपाल पक्षीय नेता योगेश भट्टराईले परिणाम उल्टो हुने टिप्पणी गरेका छन्।

उनले कारबाही र सजाय कमजोर शक्ताको अन्तिम अस्त्र भएको र यसले परीणाम उल्टो हुने निश्चित् रहेको बताएका छन्।

नेताहरु नेपाल र रावललाई निलम्बन गर्ने निर्णबाट पछि फर्कनको लागि अध्यक्ष ओलीलाई आग्रह समेत गरेका छन्।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराईले यस्तो लेखेका छन्, ‘कार्वाही र सजाँया कमजोर शत्ताको अन्तिम अस्त्र हो! परिणाम उल्टो हुने निश्चित छ! फर्कनु नै कल्याण हुने छ!”


प्रतिक्रिया दिनुहोस्