देशभर भोलिबाट विद्यालय बन्द रहे पनि यो ठाँउमा खुल्ने

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ७ : २९


काठमाडौं । काठमाडौं उपत्यकामा प्रदुषण देखिएपछि सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

केन्द्र सरकारले सबै स्कुल बन्द गर्ने निर्णय गरे पनि तनहुँको एउटा पालिकामा भने खुल्ने भएका छन्।

तनहुँको भीमाद नगरपालिकाले मंगलबार सूचना निकालेर विद्यालय नियमित संचालन हुने जनाएको छ।

शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख टेकावती ढकालले नगर क्षेत्रभित्र हालसम्म वातावरणीय प्रभाव नदेखिएकाले शिक्षण संस्था नियमित खुल्ने बताएकी छन्।


प्रतिक्रिया दिनुहोस्