ओलीले गरेको कारवाहीको कुनै अर्थ छैन : नेपाल

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ५ : ४८


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलाई पार्टीबाट निलम्बन गर्न नसक्ने बताएका छन्।

नेता नेपाल र भीम रावललाई ६ महिनाका लागि पार्टीबाट निष्काशित गरेपछि नेपालले प्रतिक्रिया दिँदै भने, ‘त्यसको केही अर्थ छैन। केपी ओली नेकपा एमालेको केन्द्रीय कमिटी अध्यक्ष नै हैन। उनले केन्द्रीय कमिटी पनि भंग गरिसके। त्यहिभएर उनले कारबाही गर्न मिल्दैन। उहाँले विधान विपरितको कदम चालेको हुँदा अवैधानिक अध्यक्ष हो।’

केपी ओली अहिले एमालेको एउटा गुटको मात्रै अध्यक्ष भएकाले पार्टीको अधिकार प्रयोग गर्न नमिल्ने नेता नेपालको तर्क छ।

कारवाही गरिएको औपचारिक पत्र आफूले पाइनसकेको नेता नेपालले बताए।


प्रतिक्रिया दिनुहोस्