भनेको नमानेको भन्दै वडा अध्यक्षले कुटे स्थायीय ब्यापारी

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ४ : ३०


भक्तपुरको चाँगुनारायण नगरपालिका– ५ का वडाध्यक्षले भनेको नमान्दा एक स्थानीय व्यापारी कुटिएका छन् ।

वडाध्यक्ष जयन्द्र खड्काले भनेको नमान्दा स्थानीय व्यापारी ३२ वर्षीय लक्ष्मण खिचाजु कुटिएका हुन् ।

खिचाजुमाथि वडाध्यक्ष खड्कासहित पूर्व सैनिकसमेत रहेका विश्व खड्का र प्रकास लामिछानेले मरणसन्न हुने गरी कुटपिट गरेको स्थानीयको आरोप छ ।

वडाध्यक्ष खड्का र विश्व खड्काले खिचाजुलाई उनकै घर अगाडि पसलमा पार्किङ गरेको गाडी हटाउन भनेका थिए। तर, खिचाजुले गाडी नहटाएपछि उनीमाथि कुटपिट गरेका थिए ।

घाइतेको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ। उनको टाउको, मुखलगायत शरीरका विभिन्न भागमा घाउ चोटपटक रहेको छ। घाइते खिचाजु हार्डवेयर व्यवसायी हुन् ।

केही साताअघि पनि वडाध्यक्षले स्थानीयलाई कुटेका थिए । प्रहरीमा मिलापत्र गरेका उनले पुनः स्थानीयलाई कुटेका हुन् ।


प्रतिक्रिया दिनुहोस्